एसिया कप क्रिकेट खेल्ने टोली पाकिस्तान प्रस्थान

लोकपथ
0
Shares
HARARE, ZIMBABWE – JUNE 20: Karan KC of Nepal celebrates the wicket of Steven Taylor of USA during the ICC Men’s Cricket World Cup Qualifier Zimbabwe 2023 match between Nepal and USA at Takashinga Cricket Club on June 20, 2023 in Harare, Zimbabwe. (Photo by Johan Rynners-ICC/ICC via Getty Images)

एसिया कप क्रिकेट खेल्नका लागि नेपाली टोली गएराति पाकिस्तान प्रस्थान गरेको छ । प्रतियोगिता पाकिस्तान र श्रीलङ्कामा यही भदौ १३ देखि ३१ गतेसम्म हुँदैछ ।

पहिलोपटक एसिया कपमा सहभागिता जनाउन लागेको नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का बङ्गलादेश र अफगानिस्तान रहेका छन् । नेपालले आफ्नो समूहको पहिलो खेल पाकिस्तानमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कामा खेल्नेछ ।

नेपाल र पाकिस्तानबीचको पहिलो खेल यही भदौ १४ गते हुनेछ । त्यस्तै नेपालले आफ्नो दोस्रो खेल भारतसँग खेल्नेछ । नेपाल र भारतवीचको खेल भने श्रीलङ्मा हुनेछ । उक्त खेल भदौ १८ गते हुनेछ ।

प्रस्थानअघिको बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक मोन्टी देशाइले उक्त प्रतियोगिताको लागि आफू निकै सकारात्मक रहेको बताउँदै प्रतियोगितामा जित हासिल गर्ने विश्वास व्यक्त गरे ।

यस्तै नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले एसिया कप क्रिकेटमा भारत र पाकिस्तानविरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?