सिटिजन्स बैंक र ओरो प्लस डेन्टल क्लिनिकबीच समझदारी

लोकपथ
63
Shares

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुल्चोक, ललितपुरस्थित ओरो प्लस डेन्टल क्लिनिकबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूले ओरो प्लस डेन्टल क्लिनिकमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुनेविश्वास बैंकले लिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?