काठमाडौं । मलेसियामा जारी चार देश सम्मिलित महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा नेपालले जीत हात पारेको छ । बुधबार भएको खेलमा नेपालले कुवेतलाई ३४ रनले पराजित गरेको हो ।
नेपालले २० ओभरमा ८ विकेट गुमाएर ८९ रन बनाएको थियो । नेपालले दिएको ९० रनको लक्ष्य पच्छ्याएको कुवेतले २० ओभरमा ८ विकेट गुमाएर ५५ रन मात्रै जोड्यो ।
नेपालका लागि ईन्दु वर्माले २३, विन्दु रावलले २० र काजल श्रेष्ठले १९ रन बनाइन् ।
नेपालका ईन्दु वर्माले ३, खुसी डंगोलले २ तथा ईश्वरी विष्ट, सीता रानामगर र कविता कुँवरले एकएक विकेट लिइन्।
पहिलो खेलमा नेपालले हङकङलाई पराजित गरेको थियो । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया