चन्द्रयान-३ बनाउन काम गर्ने वैज्ञानिकहरुले १७ महिनादेखि पाएनन् तलब

लोकपथ
1.1k
Shares

काठमाडौं । चन्द्रयान-३ को ल्यान्डर मोड्युल (एलएम) बुधबार साँझ चन्द्रमाको सतहमा अवतरण हुने भएको छ ।

ल्यान्डर (विक्रम) र रोभर (प्रज्ञान) सम्मिलित ल्यान्डर मोड्युलले साँझ ६ः०४ बजे चन्द्रमाको दक्षिणी ध्रुवीय क्षेत्रमा सफ्ट-ल्याण्ड गर्ने भएको हो ।

इसरो र चन्द्रयानको चर्चा भइरहेका बेला चन्द्रयान ३ को लागि काम गरेका वैज्ञानिकले १७ महिनादेखि तलब नपाएको खबर बाहिरिएको छ ।

भारतीय कांग्रेस नेता दिग्विजय सिंहले समाचार एजेन्सी एएनआईसँगको कुराकानीमा भने, ‘हामीलाई गर्व छ कि इसरोका वैज्ञानिक चन्द्रयान – ३ को अवतरण सफल बनाउन मेहनत गरिरहेका छन् । वैज्ञानिकले १७ महिनादेखि तलब पाएका छैनन् । यो कुरामा ध्यान जाओस् । ’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?