मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सीईओमा पुनः दाहाल नियुक्त

लोकपथ
63
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः रामहरि दाहाल नियुक्त भएका छन् ।

लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिले दाहाललाई पुनः सीईओमा नियुक्त गरेको हो ।

सीईओ दाहालको पदावधि भदौ मसान्तमा सकिँदै छ ।

उनको कार्यकाल सकिनु अगावै सञ्चालक समितिको भदौ ७ गते बसेको बैठकले पुनः ४ वर्षका लागि कार्यकाल थप गरेको हो ।

उनको आगामी कार्यकाल असोज १ गतेदेखि लागू हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?