काठमाडौं । नाबालिग बलात्कारको अभियुक्त लागेका क्रिकेटर सन्दीप लामिछानेविरूद्धको मुद्दामा आजदेखि पुनः सुनुवाइ हुने भएको छ ।
साउन ३२ गतेदेखि निरन्तर सुनुवाई हुने भनिएपनि पीडितकी आमाको समेत दुईवटा जन्मदर्ता देखिएको भन्दै अदालतले उनको जन्ममिति यकिन गर्न आदेश गरेको थियो । त्यसको १० दिनमा मुद्दाको पुनः सनुवाइ हुने भएको हो ।
सर्वोच्च अदालतले फागुन १५ गते उनको मुद्दा फास्ट ट्र्याकमा टुंगो लगाउन आदेश दिएको थियो । तर, जिल्ला अदालत काठमाडौंमा लगातार सुनुवाइ हुन सकेको छैन ।
राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका सन्दीपविरूद्ध भदौ २१ गते एक किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
विदेशमा रहेका सन्दीप इन्टरपोलमा नोटिस जारी भएपछि असोज २० गते नेपाल फर्किएका थिए । र, विमानस्थलबाटै पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालतले कात्तिक १८ गते सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । त्यसविरुद्ध उच्च अदालतमा पुनरावेदन गरेका उनलाई पुस २८ गते २० लाख धरौटीमा सशर्त रिहा गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया