जिम्बाब्वेको दोस्रो कार्यकालका लागि मनानगाग्वा

लोकपथ
42
Shares

काठमाडाैं । जिम्बाब्वेका राष्ट्रपति इमर्सन मनानगाग्वा दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार मनानगाग्वाले ५२ दशमलव ६ प्रतिशत मत ल्याएर निर्वाचित भएका हुन् । यद्यपी विपक्षीहरूले त्यहाँको मतदानमा व्यापक धाँधली भएको दाबी गरेका छन् र अन्तरराष्ट्रिय परिवेक्षकले पनि मतदान लोकतान्त्रिक मापदण्डभन्दा कम भएको बताएका छन् ।

सन् २०१७ मा पूराना शासक रोबर्ट मुगाबेविरुद्ध विद्रोह भएपछि उनलाई जिम्मेवारी प्रदान गरिएको थियो । जिम्बाब्वेका जनताले अझै पनि चर्को मूल्यबृद्धि, भोगमरी एवं हावापानीको त्रासदी झेलिरहेका छन् ।

गोही जस्तै निर्ददीका रुपमा परिचित मनानगाग्वा जब जिम्बाब्वेका पहिलो राष्ट्रपति भए उनले आफ्नो देशका जनताका लागि नयाँ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर जिम्बाब्वेमा गत महिना विश्वमा सबैभन्दा उच्च मूल्यवृद्धि दर कायम भएको थियो । गत वर्षको तुलनामा यहाँको मूल्यवृद्धि १०१ दशमलव ३ प्रतिशत पुगेको थियो । यहाँ बेरोजगारी व्याप्त रहेको छ, यहाँ २५ प्रतिशतले मात्र औपचारिक रोजगारी पाएका छन् ।

मनानागाग्वाले मानवअधिकारको सुनिश्चितता गरे पनि पनि खोक्रो सावित भएको छ । यद्यपी मुगाबेको शासनकालभन्दा केही परिवर्तन भने भएको छ । आलोचकहरूका अनुसार ८० वर्षीय वृद्धले निर्वाचनको स्वच्छतामा बिमती जनाएका छन् । निर्वाचन जित्ने अनुमान लगाइएको विपक्षीलाई मतदानका समय व्यापाकरूपमा दबाइएको छ ।

जिम्बाब्वे निर्वाचन आयोग (जेडईसी)का अनुसार मनानगाग्वाका मुख्य प्रतिद्वन्दी परिवर्तनका लागि नागरिक गठबन्धनका उम्मेदवार नेल्सन चामिसाले ४४ प्रतिशत मत प्राप्त गरेको जनाएको छ ।

जेडईसीका अनुसार मनानगाग्वाले २ दमलव ३ मिलियन मत प्राप्त गरेका छन् भने चामिसाले १ दशमलव ९ मिनियन मत प्राप्त गरेका छन् । गरिब १६ मिनियन जनसंख्या भएको देशमा ६९ प्रतिशत जनता मतादाता रहेको निर्वाचन अयाोगले जनाएको छ । विपक्षीले मतदान धाँधली भएको दाबी गरे पनि संवैधानिक अदालतले भने नतिजालाई समर्थन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?