काठमाडौं । डीपीएल क्रिकेटको फाइनलमा महेन्द्रनगर युनाईटेडले सीवाईसी अत्तरियालाई जितका लागि १ सय २४ रनको लक्ष्य दिएको छ ।
तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग अन्तर्गतको खेलको फाइनलमा महेन्द्रनगरले अत्तरियालाई जितका लागि १ सय २४ रनको लक्ष्य दिएको हो ।
फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको महेन्द्रनगरले पुरै २० ओभरमा अलआउट हुँदै १ सय २३ रन बनायो ।
खराब सुरुवात गरेको महेन्द्रनगरका लागि दिलिप नाथले ४३ तथा कुशल मल्लले २५ रन जोडे । मात्र १४ रन जोड्दा २ विकेट गुमाएको महेन्द्रनगरको इनिङस दिलिप र कुशलले सम्हालेका थिए भने रोहित कुमार पौडेलले २४, आरिफ शेख ११ तथा मोहमद नाभिद १० रनमा आउट भए ।
यसैगरी अत्तरियाका कप्तान दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २–२ विकेट लिएका थिए भने सन्नी पटेलले १ विकेट लिएका थिए ।
सर्वाधिक पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।
प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया