एजेन्सी । भेनेजुएलाले कोलम्बियासँग आफ्नो कुटनितिक सम्बन्ध तोडेको छ ।
मानवीय सहायता सामाग्री भेनेजुएला पठाउन सिमा क्षेत्र प्रयोग गर्न दिएको भन्दै भेनेजुएलाले छिमेकी मुलुक कोलम्बियासँगको कुटनितिक सम्बन्ध तोडेको हो ।
सिमा क्षेत्रबाट स्वयंसेवकले मानवीय सहायता सामाग्री भेनेजुएला प्रवेश गराउने क्रममा केही स्थानमा झडप समेत भएको छ ।
कोलम्बियासँगको सिमा आंशिक रुपमा बन्द गरी सहायता सामाग्री मुलुक भित्र्याउन नदिने राष्ट्रपति निकोलस मडुरोको योजना हो ।
ब्राजिल र कोलम्बिया नाकाबाट सहायता सामाग्री भित्र्याउने क्रममा झडप हुँदा शुक्रवार र शनिवार चार जनाको मृत्यु भएको छ ।
सहायता सामाग्री भित्र्याउने क्रममा झडप हुँदा सिमा क्षेत्रमा पुगेका प्रदर्शनकारी माथि सेनाले अश्रुग्यासर रबर बुलेट प्रहार गरेका कारण कयौं घाइते समेत भएका छन् ।
उता विपक्षी नेता हुवा गुवाईडोले सरकारले चर्को आलोचना गरेका छन् ।
उनले सरकारले स्वयंसेवकलाई सहायता सामाग्री ओसार्न रोक्नका लागी बल प्रयोग गरेको भन्दै चर्काे आलोचना गर्नुको साथै राष्ट्रपति मडुरोले मुलुकलाई अस्थिर बनाउने खोजेको आरोप समेत लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया