काठमाडौं । एशिया कप २०२३ को पहिलो खेल बुधबार आयोजक पाकिस्तान र नेपालबीच खेल्दैछ। हालै पाकिस्तानले अफगानिस्तानलाई ३–० ले हराउँदै एकदिवसीय शृंखला जितेको छ भने आईसीसी वरीयतामा पहिलो स्थानमा पुगेको छ ।
तुलनात्मक रुपमा पाकिस्तानी टोली नेपाल भन्दा धेरै बलियो रहेको छ । तर पहिलो खेलमा पाकिस्तानले नेपालसँग कडा संघर्ष गर्ने छ। किनभने नेपालले पनि प्रिमियर कपको उपाधि जितेर एसिया कपमा स्थान बनाएको छ ।
पाकिस्तानको टोलीमा फखर जमान र इमाम उल हकले ओपनिङ ब्याटिङ गर्न सक्छन् भने मोहम्मद रिजवान र इफ्तिखार अहमदले प्लेइङ ११ मा स्थान पाउन सक्छन् । इमाम उत्कृष्ट फर्ममा छन् र फखर अनुभवी खेलाडी हुन् । प्लेइङ ११ मा शाहिन अफ्रिदी र नसिम शाहको स्थान लगभग पक्का भइसकेको छ ।
एसीसी प्रिमियर कप २०२३ को फाइनलमा नेपालले युएईलाई ७ विकेटले पराजित गरेको थियो । उक्त प्रतियोगितामा नेपालका कुशल मल्लले सर्वाधिक रन बनाएका थिए । एसिया कपको पहिलो खेलको प्लेइङ ११ मा कुशलको स्थान पक्का भएको छ । योसँगै आसिफ शेख र भीम शार्कीलाई पनि प्लेइङ ११ मा समावेश गरिनेछ ।
पाकिस्तानको सम्भावित प्लेइङ इलेभेन
फखर जमान, इमाम उल हक, बाबर आजम (कप्तान), इफ्तिखार अहमद, मोहम्मद रिजवान (विकेटकिपर), आगा सलमान, शादाब खान, मोहम्मद नवाज, नसीम शाह, हरिस रउफ र शाहिन अफ्रिदी ।
नेपालको सम्भावित प्लेइङ इलेभेन :
कुशल भुर्तेल, आसिफ शेख (विकेटकीपर), भीम शार्की, रोहित पौडेल (कप्तान), कुशल मल्ल, आरिफ शेख, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, ललित राजवंशी र गुलसन झा।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया