काठमाडौं । ‘आइसीसी’ महिला विश्वकप क्रिकेट छनोटको खेलमा हङकङले नेपालसामु ६३ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ ।
बैंककस्थित एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीको मैदान टस जितेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ६२ रनको योगफल तयार पारेको थियो ।
हङकङका लागि ओपनर ब्याट्सविमेन बेल्ला पुनले ११ रन तथा यस्मिन दाशवानीले १६ रन जोड्दै आउट भइन् । यि सान तो भने शुन्य रनमा पेभेलियनमा फर्किन । केरी चन र कप्तान मारिको हिलले समान २-२ रन जोडिन । मरिना लाम्पलोजले १९ रन बनाइन । त्यस्तै युसोफले ८ रन जोडिन ।
हङकङको पारी ध्वस्त पार्ने क्रममा नेपालकी नेरी थापाले सर्वाधिक ६ विकेट लिइन् । उपकप्तान सिता रानामगरले २ विकेट लिइन ।
नेपालले आफ्नो पहिलो खेलमा मलेसियालई ३४ रनले पराजित गरेको थियो ।त्यस्तै दोस्रो खेलमा थाइल्याण्डसँग ५७ रनले पराजित नेपालले तेस्रो खेलमा भने युएईलाई ७ विकेटले पराजित गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया