तोशाखाना मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री खानलाई राहत, पाए जमानत

लोकपथ
56
Shares

काठमाडौं । जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफका नेता इमरान खानलाई तोशाखाना मुद्दामा ठूलो राहत मिलेको छ ।

इस्लामावाद उच्च अदालतले उनलाई यस मुद्दामा जमानत दिएको छ। यससँगै इमरानको जेलबाट बाहिरिने बाटो खुलेको छ । सर्वोच्च अदालतले तोशखाना भ्रष्टाचार मुद्दामा तीन वर्षको जेल सजाय खारेज गर्न माग गर्दै गरेको निवेदनमा सोमबार फैसला गरिएको हो ।

खानमाथि सन् २०१८-२०२२ सम्मको कार्यकालमा आफू र उनको परिवारले पाएका राज्य उपहारहरू अवैध रूपमा बेचेको आरोप लगाइएको थियो। उक्त मुद्दामा उनलाई सत्र अदालतले दोषी ठहर गरेको थियो । उनलाई पाँच वर्षको लागि राजनीतिमा प्रतिबन्ध लगाइएको छ । जसका कारण उनले आगामी निर्वाचनमा पनि भाग लिन पाउने छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?