एसिया कप क्रिकेट : नेपाल र पाकिस्तानबीचको क्रिकेट हेर्न जनकपुरमा विद्यालय बन्द

लोकपथ
252
Shares

काठमाडौं । एसिया कप क्रिकेट हेर्नका लागि जनकपुरधाम उपमहानगरपालिकाले आज दिउँसो २ बजेपछि विद्यालय बन्द गर्ने भएको छ ।

विद्यालयले एक सूचना जारी गर्दै टिम नेपालको हौसला बढाउन र खेलप्रति विद्यार्थीको उर्जावान भावना जागृत गराउन विद्यालय बन्द गरीएको जनाएको छ ।

क्रिकेट हेर्नको लागि उपमहानगरपालिकाले सबै सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई २ बजेपछि बिदा दिएको हो ।

नेपाल र पाकिस्तानबीचको खेल आज नेपाली समय अनुसार सवा ३ बजेदेखि हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?