आफुले चाहेको विषयवस्तु पढ्न पाउनु पर्ने माग राख्दै सरकारविरुद्ध विद्यार्थी सडकमा

लोकपथ
28
Shares

काठमाडौं । चिकित्सा शिक्षा सरोकार संघर्ष समिति नेपालले विद्यार्थीहरुले आफुले चाहेको विषयबस्तु पढ्न पाउनु पर्ने माग राख्दै सरकारविरुद्ध सडकमा उत्रिएका छन् ।

समितिले देशमा चिकित्सा शिक्षा तथा स्वास्थ्य सेवा प्रणालीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न राज्यलाई दवाब दिन आवश्यक रहेको निष्कर्ष निकाल्दै बुधबार काठमाडौंको माईतीघरमा विरोध कार्यक्रम गरेका छन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर जवराले यो विषयलाई पटक पटक सदनमा राखेको बताए । उनले सरकारले यो विषयमा कुनै भुमिका खेल्न तयार नभएको आफुलाई लागेको पनि चर्चा गरे ।

उनले भने ‘ मैले तपाईहरुको कुरा पटक पटक सदनमा उठाई रह्ेको छु । जब जब यो देशले राम्रो प्रगति गर्न थाल्छ तब नेपाल सरकार सहयोगी भुमिका खेल्ने भन्दा अवरोधको भुमिका खेल्ने परम्परा पछ्याउँदै आएको छ । ’

चिकित्सा शिक्षा ऐन परिमार्जन गर्नुपर्ने, सीटीईभीटीको पुर्नसंरचना गर्नुपर्ने, स्तरोन्नति गर्न बाँकी रहेका संस्थाहरुको तत्काल भर्ना खोल्नुपर्ने लगायतका १४ वटा माग समितिले राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?