ओस्कार अवार्डमा ‘ग्रिन बुक’लाई

काठमाडौं । यस वर्षको ओस्कार अवार्ड चलचित्र ‘ग्रिन बुक’ले जितेको छ । 

आइतवार राति अमेरिकाको लस एन्जेलसमा आयोजित ९१ औँ ओस्कार अवार्ड समारोहमा यूनिभर्सल पिक्चरर्सद्वारा निर्मित चलचित्र ‘ग्रिन बुक’ले ओस्कार अवार्ड जित्न सफल भएको हो ।

‘ग्रिन बुक’ले सार्वेत्कृष्ट चलचित्रसहित तीनवटा ओस्कार अवार्ड जित्यो । यस चलचित्रका अभिनेता रामी मालेकले उत्कृष्ट अभिनेता अवार्ड जितेका छन् भने सर्वोत्कृष्ट मौलिक पटकथाको अवार्डपनि ग्रीन बुककै नाममा रहन सफल भयो । 

मालेकले ‘भाइस’ मा पूर्व अमेरिकी राष्ट्रपति डिक चेनीको भूमिकामा देखिएका क्रिस्टियन बेल र ‘अ स्टार इज बर्न’ मा ज्याक मेनको भूमिकाका देखिएका ब्राड्ले कूपरलाई पछि पार्दै उत्कृष्ट अभिनेताको अवार्ड जितेका हुन् । 

यस्तै ओलिभिया कोलमेनले चलचित्र ‘द फेवरेट’बाट बेसट एक्ट्रेसको अवार्ड जितेकी छिन् । ब्रिटिस कलाकार कोलमेनले कमेडी ड्र्रामामा निभाएको भूमिकाका लागि उनले अवार्ड हात पारेकी हुन् ।  

यस्तै अल्फोन्सो क्युरोनले सर्वोत्कृष्ट निर्देशकको अवार्ड हात पारेका छन् । ’रोमा’ नामक अर्ध आत्मवृतान्तमा आधारित चलचित्रका लागि उनले सो अवार्ड प्राप्त गरेका हुन् । 

उनको यो दोस्रो ओस्कार अवार्ड हो ।  उनले २०१४ मा पनि ग्य्राभिटी फिल्मका लागि ओस्कार जितेका थिए ।

यस्तै पिरियड, एण्ड अफ सेन्टेन्सले छोटो विषय अन्तर्गत उत्कृष्ट वृत्तचित्रको अवार्ड जितेको छ । उत्कृष्ट ओरिजिनल गीततर्फ भने लेडी गागाले ओस्कार अवार्ड जितेकी छिन् । अ स्टार इज बर्न नामको एल्बममा रहेका उनकोे शोलो गीतबाट गागाले ओस्कार जितेकी हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?