काठमाडौं। सरकारले नेपालभित्रै सम्भावना भएका उद्योगहरुमा विदेशी लगानी प्रतिवन्ध गरिएको छ । केही उद्योगरव्यवसायमा विदेशी लगानी प्रतिवन्ध गरेको उक्त
विधेयक संसदमा आइतबार पेश भएको हो ।
यसमा प्रमुख लघु उद्यम र घरेलु उद्योग रहेको छ ।
त्यसैगरी मुद्रा तथा सिक्का व्यवसाय वा सुरक्षण मुद्रण सेक्युरिटी प्रिन्टिङ्ग उद्योग
हातहतियार, खरखजाना, गोलीगठ्ठा, बारुद वा विष्फोटक पदार्थ तथा न्यूक्लियर, बायोलोजिकल तथा केमिकल ९एन। बी। सी।० हतियार उत्पादन गर्ने उद्योग
घर जग्गा खरिद बिक्री व्यवसाय निर्माण उद्योग बाहेक
विद्युतीय व्यापार ९ई–कमर्स० समेतका नेपालमा पचास करोड रुपैयाँभन्दा कम लगानीको र तीन देशभन्दा कम देशमा गरेको बहुब्राण्ड ९मल्टि ब्राण्ड० खुद्रा व्यापार
पर्यटनमा संलग्न ट्राभल एजेन्सी, पथ प्रदर्शक, ट्रेकिङ्ग तथा पर्वतारोहण पथ प्रदर्शक,भरिया घोडा, खच्चड, याकसहित० एवं भान्से मात्र उपलब्ध गराउने उद्देश्य भएको पर्यटन उद्योग, घोडचढी, हात्तीचढी, मसाज, स्पा, ब्यूटीपार्लर, होमस्टे, लाउड्री सेवा
कृषिका प्राथमिक उत्पादनका क्षेत्रहरु एवं कुखुरापालन, मत्स्यपालन, मौरीपालन
विकीरणजन्य सामग्री ९रेडियो एक्टिभ म्याटेरियल्स० उत्पादन गर्ने उद्योग
क्यासिनो बाहेकका जुवा वा बाजी व्यवसाय संचालन उद्योग, चिठ्ठा संचालन र नेटवर्क व्यवसाय
आमसंचारका प्रसारण माध्यमहरु ९पत्रपत्रिका, रेडियो, टेलिभिजन र अनलाइन समाचार० को व्यवसाय
शैक्षिक परामर्श दिने व्यवसाय एवं संस्थाहरु, भाषा, तालीम, संगीत तालीम र तोकिएको रकम भन्दा कम विदेशी लगानी हुने कम्प्युटर तालीम र पचास प्रतिशत वा सो भन्दा बढी लगानी हुने व्यवस्थापन, लेखा, इञ्जिनियरिङ्ग, कानूनी जस्ता परामर्श सेवा व्यवसाय
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया