वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल अवरुद्ध

लोकपथ
56
Shares

काठमाडौं । एसियन कपमा भारत र पाकिस्तानबीचको क्रिकेट खेल वर्षाका कारण अवरुद्ध भएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४.२ ओभर ब्याटिङ गरेपछि वर्षाका कारण खेल अवरुद्ध भएको हो ।

४.२ ओभरमा भारतले १५ रन जोडेको थियो । कप्तान रोहित शर्माले ११ रन जोडेका थिए भने अर्का ओपनर शुभम गिलले रन जोड्न सकेका थिएनन् ।

एसिया कपमा भारतको यो पहिलो खेल हो । पाकिस्तानको भने यो दोस्रो खेल हो । पाकिस्तानले उद्घाटन खेलमा नेपाललाई हराएको थियो ।

भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे श्रीलंकाको क्याण्डीमा शुरु भएको थियो ।

एसिया कपको मूल आयोजक पाकिस्तान भए पनि भारतले त्यहाँ गएर खेल्न अस्वीकार गरेपछि श्रीलंकामा खेल हुन लागेको हो ।

भारतले एसिया कप २०२३ का सबै खेल श्रीलंकामा खेल्दैछ । एसिया कप २०२३ मा भारत र पाकिस्तान तीन पटक खेल्ने सम्भावना छ । समूह चरणमा पहिलो खेल खेलेपछि उनीहरू सुपर फोर र फाइनलमा भिड्ने सम्भावना रहेको छ ।

अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका गरी पाँच टेस्ट तथा छनोट प्रतियोगिता जितेको नेपाल गरी ६ देश सहभागी छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?