अन्तराष्ट्रिय खुल्ला कैबुकाई कराते प्रतियोगितामा नेपालका ७ जना खेलाडीलाई गोल्ड मेडल

लोकपथ
567
Shares

काठमाडौं । भारतको मुम्बईको बेलापुरमा सम्पन्न अन्तराष्ट्रिय खुल्ला कैबुकाई कराते प्रतियोगिता २०२३ सम्पन्न भएको छ ।

प्रतियोगिता अगस्ट २५ २६ र २७मा भारतको मुम्बईमा आयोजना भएको थियो । नेपाल, भारत, जापान, श्रीलंका, भुटान र बंगलादेशको सहभागिता रहेको प्रतियोगितामा कूल ४५० जना खेलाडी सहभागि थिए ।

प्रतियोगितामा ५ वर्ष देखि ४० वर्ष उमेर सम्मका खेलाडी सहभागी थिए । उक्त प्रतियोगितामा नेपालका ७ जना खेलाडीले गोल्ड मेडल हात पारेका छन् ।

हेर्नुहोस् विवरण : 

अनिश गुरुङ : ५ वर्ष मुनि (गोल्ड मेडल)
अस्मीता गुरुङ : ३० के जी महिला (गोल्ड मेडल)
संझना तामाङ बड़ीकार : ३५ के जी महिला (गोल्ड मेडल)
सपना गोपाली : ५० के जी महिला (गोल्ड मेडल)
रदिप बस्नेत : ६० के जी पुरुष (गोल्ड मेडल)
नन्द किशोर अधिकारी  ६० केजी पुरुष (गोल्ड मेडल)
सिजना श्रेष्ठ : ४० के जी महिला (गोल्ड मेडल)
प्रशान्त कुलुङ राई : ५५ के जी (दोस्रो)
संगम तामाङ्ग ४५ के जी (दोस्रो)
अर्जन श्रेष्ठ ४० के जी (दोस्रो)
संजय महतरा ४० के जी (तृतिय)
सुरेश कुमार तामाङ ५० के जी (तृतिय)
आयुष रेमी : ३५ (तृतिय)
वसन्त मगर :  ४५ (दोस्रो)

त्यस्तै, कार्यक्रमको अफिसियलमा राम विष्ठ र ईश्वर लामा रेफ्रीको भुमिकामा रहेका थिए भने हरीहरा मैनाली टिम म्यानेजर रहेका थिए । विवश घिमिरेमुख्य प्रशिक्षकको रुपमा रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?