काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने एसिया कप क्रिकेट अन्तरगत नेपाल र भारतबीचको खेल हेर्न श्रीलंका प्रस्थान गरेका छन् ।
श्रीलंकाको क्याण्डीस्थित तालेकेले क्रिकेट मैदानमा सोमबार नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । सोही खेल हेर्न र नेपाली टोली हौसला बढाउन लामिछाने आइतबार त्यसतर्फ प्रस्थान गरेको लामिछानेका स्वकीय सचिव प्रकाश सिग्देलले जानकारी दिए ।
नेपाली टोलीलाई हौसला दिन लामिछानेपत्नी निकिता पौडेल लामिछाने र रास्वपाका केन्द्रीय सदस्य दिपक बोहोरा पनिसँगै श्रीलंका गएका छन् ।
नेपाल र भारतबीचको खेल सोमबार दिउँसो स्थानीय समयअनुसार सवा ३ बजे सुरु हुनेछ । एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो । भारत भने पहिलो खेलमा पाकिस्तानसँग अंक बाँड्न बाध्य भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया