काठमाडौं । भारतीय कांग्रेस पूर्व अध्यक्ष तथा वरिष्ठ नेतृ सोनिया गान्धीको स्वास्थ्यमा समस्या आएको छ । शनिबार राति अचानक उनको स्वास्थ्यमा समस्या आएको हो । उनलाई ज्वरो आएपछि उपचारका लागि नयाँ दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना गरिएको थियो ।
हाल सोनिया गान्धीको अवस्था स्थिर रहेको र चिकित्सकको टोलीले उनको अवस्थाको निगरानी गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया