काठमाडौं । नेपालको १७ सदस्य टोली अहिले एसिया कप २०२३ खेल्नको लागि अहिले श्रीलंकामा छ । नेपाल र भारत्बीच श्रीलंकाको पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सोमबार(आज) नेपाली समय अनुसार ३ः१५मा खेल हुने छ ।
नेपालले यस अघि एसिया कपको पहिलो खेलमा पाकिस्तानसंग २३८ रनले हार व्यहोरेको छ भने यता भारतले आफ्नो पहिलो खेल बर्षाका कारण रद्ध भए पछि नेपाललाई जित्नै पर्ने दबाबमा छ ।
नेपालको पछिल्ला ५ खेल हेर्ने हो भने एकदमै आउटअफ र्फम रहेको छ । जति खेल नेपालले आफ्नो होम ग्राउण्डमा खेलेको छ सवै राम्रो गरेको छ । तर देश बाहिर गए पछि खेल विग्रिएको छ ।
यस खेलमा पनि नेपालको प्रमुख हतियार भनेको स्पीन वलिङ रहेको छ तर भारतीय व्याटरहरु स्पीन वलिङ खेल्नको लागि माहिर छन् । नेपालको प्रमुख हतियारलाई निस्तेज पार्न उनीहरु तयार रहेको देखिन्छ । यस अघि पाकिस्तानसंग भएको खेलमा पनि भारतीय मिडल अडरले स्पीन बलरलाई राम्रै धुलाई गरेका छन् ।
भारतीय टीम हेर्ने हो भने आजको खेलमा आफ्ना प्रमुख वलर जसप्रीत बुमराह विना मैदानमा उत्रिदैछ । उनी आफ्नो व्याक्तिगत कामको सिलसिलामा भारत गएका छन् । पाकिस्तानविरुद्ध पूरै टप अडर फ्लप भएको भारतलाई मिडल अडरमा इशान किशन र हार्दिक पान्ड्याले सम्हालेका थिए । भारतका ओपनर शुभमगिल र रोहित शर्मा नेपालका लागि शुरुमा नै खतरा हुन सक्छन् । तेस्रो नम्बरका व्याटर विराट कोहली पनि राम्रो खेलिरहेका छन् ।
नेपालका व्याटरहरुमा कुशल भुर्तेलले निक्कै जिम्मेवारी वहन गर्नु जरुरी देखिन्छ । उनले पछिल्ला १० खेलमा २७ को औसमा २७२ रन बनाएका छन् । त्यस्तै अर्का व्याटर गुल्शन झा हुन उनले ९ खेलमा ५४ को औसतमा २६९ रन बनाएका छन् । नेपालका कप्तान रोहित पौडेलको पनि भारतसँगको खेलमा मुख्य जिम्मेवारी रहने छ टप अडर यदि फ्लप भएका उनले खेल सम्हाल्नु पर्ने देखिन्छ ।
बलरको कुरा गर्नेहो भने भारतमा पनि कोही भन्दा कोही कम छैनन् । भारतीय फास्टबलर र स्पीनर उतिकै दमदार रहेका छन् । २०२३ मा पहिलो १० ओभरमा सर्वाधिक विकेट लिने महम्मद सिराज नेपालका लागि निक्कै खतरा हुन सक्छन् । स्पीनर कुलदिप यादव पनि निक्कै राम्रा वलर हुन । भारतको लागि ३ जना अलराण्डर मैदानमा उत्रिने भएकाले वलिङ अप्सन राम्रो हुने छ । हर्दिक पाण्ड्या, रविन्द्र जडेजा र शार्दुल ठाकुरको अलराउण्डरको रुपमा मैदानमा उत्रने छन् ।
नेपाली बलरको कुरा गर्ने हो भने पहिलो रोजाईमा सन्दीप लामिछाने पर्दछन् उनको लेग स्पिन खेल्न निक्कै मुस्किल हुने छ भारतीय व्याटरलाई । तर सन्दीपले यस अघि भारतको इण्डियन प्रिमियर लिगमा खेलिसकेका भएकाले उनको वलिङ रिड गर्न भारतीय व्याटरलाई सहज हुने देखिन्छ । सन्दीपले पछिल्ला १० खेलमा १४ विकेट निकालेका छन् । नेपालका अर्का वलर ललित राजवंशी अहिले निक्कै फर्ममा देखिएका छन् । उनको वलिङ भारतका लागि खतरा हुन सक्छ ।
नेपाली वलर करण केसी र सोमपाल कामीले भारत विरुद्धको खेलमा महत्वपूर्ण भूमिका खेल्न जरुरी रहेको छ ।
नेपालले आजको खेलमा जसरी भए पनि आफ्ना वलरलाई पूरा ओभर वलिङ गराउँदै रणनीतिका साथ मैदानमा उत्रिन जरुरी देखिन्छ । यदि टस जितेमा वलिङ गरेर ठूला टीम विरुद्ध आफ्ना वलरलाई वलिङ गराउन सक्ने छ । यसले नेपाललाई आगामि खेलमा धेरै फाइदा हुने देखिन्छ भने व्याटिङमा रनको चिन्ता नगरी पूरा ५० ओभर खेल्न मैदानमा निस्किन जरुरी देखिन्छ ।
एसिया कपका प्रतिष्पर्धी हेर्दा सवै भन्दा कमजोर टोलीको रुपमा नेपाललाई लिन सकिन्छ । एसिया कपमा अफगानिस्तान, बंगलादेश, पाकिस्तान, श्रीलंका र भारत रहेका छन् । एसिया कपको भारत र पाकिस्तान प्रमुख दावेदार भनिए पनि साविक विजेता भने श्रीलंका हो ।
नेपालको सम्भावित प्लेइङ
कुशल भुर्तेल, आसिफ शेख (विकेट किपर), रोहित कुमार पौडेल (कप्तान), आरिफ शेख कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी र सन्दीप लामिछाने, ललित राजवं
सम्भावित भारतीय प्लेइङ
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर,ईशान किशन(विकेटकिपर), हार्दिक पांड्या(उप–कप्तान), रवींद्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, मोहम्मद शमी, प्रसिद्ध कृष्णा, मोहम्मद सिराज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया