भारतविरुद्ध बलियो मानसिक रणनीतिका साथ खेल्छौं : प्रशिक्षक देसाई

लोकपथ
98
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देसाईले बलियो मानसिक रणनीतिका साथ खेल्नु पर्ने बताएका छन् ।

एसिया कप क्रिकेटमा भारतसँगको खेल अघि नेपाल क्रिकेट संघको क्यानको अफिसियल मिडियामा बोल्दै उनले भारतजस्तो समृद्ध इतिहास भएको क्रिकेट राष्ट्रसँग पनि हामीले एकै खालको रणनीति अपनाउनु पर्ने बताएका हुन् ।

‘उनीहरुसँग ५० वर्षभन्दा लामो इतिहास छ । हामी एकदमै स्थापित टिमसँग खेल्दैछौं भन्ने कुरा बुझ्नुपछ, हामीभन्दा उनीहरुसँग धेरै अनुभव छ, हामीले जसरी एसोसियट राष्ट्रहरुसँग रणनीतिक रुपमा खेलेका थियौं त्यसरी नै खेल्न जरुरी छ ।’ उनले भनेका छन् ।

नेपाली खेलाडीले धेरै खालको परिस्थितिमा खेलिरहेका भन्दै उनले मानसिक रुपमा शान्त भएर खेल्न जरुरी रहेको बताए । प्रशिक्षक देसाईले ठूला र स्थापित राष्ट्रसँग नेपालले खेल्दै गर्दा धैर्य गरेर समर्थन गर्न समर्थकलाई आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?