काठमाडौं । आर्थिक गतिविधि सुस्त भएकै अवस्थामा पनि बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कर्जा बढाएको देखिएको छ । नेपाल राष्ट्र बैंकको बैंक तथा फाईनान्स कम्पनीहरुको निक्षेप तथा कर्जा प्रवाह सम्वन्धी पछिल्लो दुई आर्थिक बर्षको प्रतिवेदनको तुलनात्मक अध्ययन गर्दा रियलस्टेट क्षेत्रमा कर्जा प्रवाह बढेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९/०८० मा बैंक सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, क्षेत्रिय र राष्ट्रियस्तरका समेत गरी १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले रियलस्टेटमा दुई खर्ब ४९ अर्ब ५८ करोड ८० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा २१ अर्ब ३३ करोड ३० लाख रुपैंयाँले बढी हो । आव २०७८/०७९ मा रियलस्टेट क्षेत्रमा कुल दुई खर्ब २८ अर्ब २५ करोड ५० लाख रुपैंयाँ कर्जा प्रवाह भएको थियो ।
रियलस्टेट क्षेत्रमा प्रवाह भएको कुल कर्जा मध्ये बाँणिज्य बैंकहरुले मात्र भने आव २०७९/०८० सो क्षेत्रमा दुई खर्ब १७ अर्ब ९६ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा १८ अर्ब ३२ करोड ३० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवमा भने यस्तो कर्जा रकम एक खर्ब ९९ अर्ब ६४ करोड १० लाख रुपैंयाँ रहेको थियो । यसैगरी बिकास बैंकहरुले आव २०७९/०८० रियलस्टेट क्षेत्रमा २१ अर्ब ८८ करोड ४० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा तीन अर्ब १६ करोड ७० लाख रुपैंयाँले बढी हो । अघिल्लो आवको बिकास बैंकहरुको यस्तो कर्जा १८ अर्ब ७१ करोड ७० लाख रुपैंयाँ रहेको थियो ।
राष्ट्र बैंकका अनुसार बाँणिज्य बैंक र बिकास बैकहरुले रियलस्टेट कर्जा बढाएपनि फाईनान्स कम्पनीहरुले भने यस्तो कर्जा घटाएका छन् । आव २०७९/०८० फाईनान्स कम्पनीहरुले रियलस्टेट क्षेत्रमा कुल नौं अर्ब ७४ करोड रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको तुलनामा एक करोड ५७ लाख रुपैंयाँले कम हो । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुको यस्तो कर्जा रकम नौं अर्ब ८९ करोड ७० लाख रुपैंयाँ रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया