शिक्षा सम्बन्धी विद्येयक दबाब आएपछि पुनः फेरेको भन्ने कुरा असत्य : प्रधानमन्त्री दाहाल

लोकपथ
28
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षा सम्बन्धी विधेयक दबाब आएपछि पुनः फेरेको भन्ने कुरा सत्य नभएको बताएका छन् ।

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले ओरिजिनल विधेयक भन्दा फरक ढंगले आएकाले यसको पुनःअध्ययन र परिमार्जन गरेर लाने भनेको तर नफेरेको दाबी गरे ।

उनले भने ‘ शिक्षासम्बन्धी कुरामा बाहिरबाट दबाब आएपछि फेरि फेरेको भन्ने कुरा सत्य हैन् । मन्त्रिपरिषद्मा शिक्षा सम्बन्धी विधेयक प्रस्तुत हुँदै गर्दा म आफैंले हेरेर यो ओरिजिनल विद्येयक भन्दा फरक ढंगले आयो यसको पुनः अध्ययन र परिमार्जन गरेर मात्र लानु पर्छ भनेको हो ।’

संघीय निजामती ऐन सरकारले यसलाई आवश्यक परिमार्जन गरि अगाडि बढाउन ढिला भएको उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले भोलिको मन्त्रिपरिषद्को बैठकले संघीय निजामती ऐनलाई पारित गरेर सदन समक्ष प्रस्तुत गर्ने सरकारको तयारी रहेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?