काठमाडौं । एसिया कप क्रिकेटमा नेपाल र भारतबीचको खेल भइरहेको समयमा पानी परेपछि रोकिएको खेल सुचारु भएको छ । श्रीलंकामा जारी खेलमा भारतले जीतका लागि नयाँ लक्ष्य प्राप्त गरेको छ ।
टस हारेर ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो ।
वर्षा रोकिएपछि अम्पायरहरुले मैदानको निरीक्षण गरेका थिए । त्यसपछि उनीहरु ओभर घटाएर खेल सञ्चालन गर्ने निष्कर्षमा पुगेका हुन् ।
खेल २३ ओभरमा झारिएको छ र भारतले १४५ रनको लक्ष्य पाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया