भारतसँग नेपाल १० विकेटले पराजित

लोकपथ
357
Shares

काठमाडौं । एसीया कप क्रिकेटमा भारतद्वारा नेपाल १० विकेटले पराजित भएको छ । श्रीलंकामा भएको खेलमा भारतले नट आउट १४५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको हो ।

कप्तान रोहित शर्मा र शुभमान गिलको साझेदारीमा भारतले नेपालले दिएको लक्ष्य पूरा गरेको हो ।

नेपालले भारतलाई शुरुमा २३१ रनको लक्ष्य दिएको थियो । पानीका कारण खेल प्रभावित भएपछि भारतलाई १४५ रनको लक्ष्य दिइएको थियो भने २३ ओभरमा खेल झारिएको थियो ।

भारतले २०.१ ओभर खेल्दै उक्त लक्ष्य पूरा गरेको हो । भारतको जितमा  शर्माले ७४ र गिलले ६७ रन जोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?