एसिया कप फाइनल प्रवेशका लागि पाकिस्तान र बंगलादेशले आज प्रतिस्पर्धा गर्दै

लोकपथ
196
Shares

काठमाडौं । एसिया कप क्रिकेट अन्तर्गत फाइनल प्रवेशका लागि आज पाकिस्तान र बंगलादेश प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार खेल सवा ३ बजे सुरु हुनेछ ।

आजकोे विजेता टोलीले शुक्रबार भारतसँग उपाधिका लागि भिडन्त गर्ने छ ।

पहिलो पटक सेमिफाइनलमा पुगेका चार टिमका बीचमा सुपर फोरको फर्रम्याटमा खेलाइएको हो । जसमा भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तान भिडेका थिए । यसअघि नै भारतले पाकिस्तान र बंगलादेशलाई पराजित गर्दै र अफगानिस्तानसँग बराबरी खेल्दै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

यसैगरी अफगानिस्तान प्रतियोगिताबाट बाहिरिसकेको छ भने आज पाकिस्तान र बंगलादेश खेल्दैछन् । समूह बी बाट श्रीलंका शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै सुपर फोरमा पुगेका छन् । बुधबार बंगलादेश र पाकिस्तानले फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

सुपर फोरको खेलमा पाकिस्तान र बंगलादेशले अफगानिस्तानलाई पराजित गरेका थिए । भारतसँग भने दुवै टिम पराजित भएका थिए । त्यसैले पाकिस्तान र बंगलादेशको २–२ अंक रहेकाले आजको विजेता टोली नै फाइनल पुग्ने छ ।

श्रीलंकाले हिजो भएको खेलमा अफगानिस्तानलाई दुई रनले हराउँदै सुपर फोरमा स्थान बनाएको छ । समूह बी बाट अपराजित रहँदै श्रीलंका सुपर फोरमा पुगेको हो । अफगानिस्तान समूह बी र नेपाल समूह ए बाटै बाहिरिने टोली बनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?