इन्जिनियरिङको शुल्क पुनरावलोकन गर्न आइओइले बनायो समिति

लोकपथ
84
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थान (आइओइ) ले बृद्धि गरेको शुल्क पुनरावलोकन गर्नका लागि समिति बनाएको छ ।

संस्थानले मंगलबार पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका सहप्राध्यापक डा हरिराम पराजूलीको संयोजकत्वमा ११ सदस्यीय समिति बनाएको हो । जसमा सहप्राध्यापक नारायणप्रसाद गौतम, सह प्राध्यापक सञ्जिव पाण्डे, विद्यार्थी नेताहरु विराज अर्याल, नविन श्रेष्ठ, विज्ञान प्रधानलगायतका रहेका छन् ।

समितिलाई ७ निदभित्रमा आफ्नो प्रतिवेदन पेश गर्न समयावधि निर्धारण गरिएको छ । संस्थानले गत साउन २५ गते २०८०८१ का लागि लागू हुनेगरि स्नातक तहतर्फको विभिन्न कार्यक्रममा भारिमात्रामा शूल्क वृद्धि गरेको थियो । जसको तीव्र आलोचना भईरहेको छ ।

शूल्क वृद्धिको विरोध गर्दै पूल्चोक क्याम्पसका नेविसंघ इकाई सभापति शुलभ चापागाई ९ दिसम्म आमरण अनशनमासमेत बसेका थिए । भने नेकपा एमाले निकटको विद्यार्थी संगठन अनेरास्वयिुले विभिन्न आलका आन्दोलनको कार्यक्रम घोाषणा गरेको थियो ।

३ लाख १३ हजार रुपैयाँ शुल्क रहेकोमा संस्थानले वृद्धि गरी ७ लाख ७५ हजार ४ सय २० रुपैयाँ पुर्‍याएपछि विद्यार्थीहरूले विरोध गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?