सरकारको टाउकोमा ऋणको भारी, आन्तरिक र बाह्य गरी २२ खर्ब २१ अर्ब भुक्तानी गर्न बाँकी

लोकपथ
0
Shares

काठमाडौं । पुँजीगत खर्च गर्न नसकेपनि चालु खर्च अत्याधिक मात्रामा बढेको अवस्थामा सरकारको टाउकोमा भने ऋण नैं ऋणको भारी भएको छ । आर्थिक बर्ष २०७९-०८० सम्ममा सरकारले आन्तरिक र बाह्य ऋण गरी भुक्तानी गर्नुपर्ने दायित्व २२ खर्ब २१ अर्ब ६७ करोड ८५ लाख रुपैंयाँ पुगेको छ ।

अर्थमन्त्रालय अन्र्तगतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले तिनुपर्ने यो दायित्य २०८० असार ३१ गतेसम्मको हो । यस अवधिमा आन्तरिक ऋणतर्फको सावाँ व्याज भुक्तानी दायित्व ११ खर्ब २८ अर्ब ३२ करोड ९२ लाख र बैदेशिक अर्थात बाह्य ऋण वापतको सावाँ व्याज भुक्तानी दायित्व १० खर्ब ९३ अर्ब ३४ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

ऋण व्यवस्थापन कार्यालयका अनुसार २०८० असार ३१ गतेसम्ममा सरकारले आन्तरिक र बाह्य ऋण समेत गरी कुल एक खर्ब ४९ अर्ब ७३ करोड ५७ लाख रुपैंयाँ साँवा भुक्तानी गरेको छ । यो भुक्तानी मध्ये आन्तरिक ऋणतर्फ एक खर्ब १५ अर्ब ११ करोड ७८ लाख र बाह्य ऋणतर्फ ३४ अर्ब ६१ करोड ७९ लाख रुपैयाँ सावाँ भुक्तानी भएको कार्यालयको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?