काठमाडौं । साल्ट ट्रेडिङग कर्पोरेशनले लाभांश पारित गर्न आगामी चैतमा साधारण सभा बोलाएको छ ।
कर्पोरेशनले आगामी चैत ११ गते चुक्ता पूँजीको ३५ प्रतिशत लाभांस पारित गर्न साधारण सभा बोलाएको हो । कर्पोरेशनले ५२ औँ वार्षिक साधारण सभा बस्न लागेको हो ।
साधारण सभामा यस अघि संचालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशतले हुन आउने ३ करोड ७ लाख ८ हजार ३ सय ५० रुपैयाँको बोनस शेयर तथा १० प्रतिशतका दरले कर सहित १ करोड २२ लाख ८३ हजार ३४० रुपैयाँ नगद लाभांश पारित गर्नेछ ।
साधारण सभा प्रयोजनको लागि कर्पोरेशनले फागुन २४ गते देखि चैत ११ गते सम्म बुक क्लोज गर्ने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया