चार खर्ब २५ अर्ब रुपैंयाँ पुग्यो बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी

लोकपथ
112
Shares

काठमाडौं । बैंकिङ क्षेत्रको कुल चुक्ता पुँजी चार खर्ब २५ अर्ब पाँच करोड २० लाख रुपैंयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९/०८० सम्ममा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ५४ वटा संस्थाहरुले उक्त परिमाणमा चुक्ता पुँजी कायम गरेका हुन ।

बैंकिङ क्षेत्रले कायम गरेको यो चुक्ता पुँजी अघिल्लो आवको तुलनामा झण्डै २० अर्ब रुपैंयाँले बढी हो । अघिल्लो आवमा सञ्चालनमा रहेका २६ वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी सहितका कुल ६० वटा संस्थाहरुले चार खर्ब सात अर्ब ७८ करोड ९० लाख रुपैंयाँ चुक्ता पुँजी कायम गरेका थिए ।

बैंकिङ क्षेत्रमा कायम रहेको कुल चुक्ता पुँजी मध्येमा बाँणिज्य बैंकहरुमा मात्र कायम रहेको कुल चुक्ता पुँजी आव २०७९/०८० तीन खर्ब ६९ अर्ब ८५ करोड ७० लाख रुपैंयाँ पुगेको छ । अघिल्लो आवमा बाँणिज्य बैंकहरुको कुल चुक्ता पुँजी तीन खर्ब ५६ अर्ब नौं करोड ५० लाख रुपैंयाँ रहेको थियो ।

बिकास बैंकहरुले भने आव २०७९/०८० मा कुल ४० अर्ब २० करोड ७० लाख रुपैंयाँ चुक्ता पुँजी पुर्याएका छन् । अघिल्लो आवमा बिकास बैंकहरुमा यस्तो चुक्ता पुँजी ३६ अर्ब ९९ करोड ४० लाख रुपैंयाँ रहेको थियो ।

यसैगरी फाईनान्स कम्पनीहरुले पनि आव २०७९/०८० मा कुल १४ अर्ब ९८ करोड ८० लाख रुपैंयाँ चुक्ता पुँजी कायम गरेका छन् । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुको कुल चुक्ता पुँजी १४ अर्ब ७० करोड रुपैंयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?