राष्ट्रपतिद्वारा ‘राष्ट्रिय कविता महोत्सव २०८०’ का उत्कृष्ट दश कविलाई पुरस्कार प्रदान

लोकपथ
56
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय ‘राष्ट्रिय कविता महोत्सव २०८०’का उत्कृष्ट दश जना कविहरूलाई आज पुरस्कार प्रदान गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ६६ औँ वार्षिकोत्सवका उपलक्ष्यमा सम्पन्न भएको ‘राष्ट्रिय कविता महोत्सव २०८०’ का उत्कृष्ट कविहरूलाई राष्ट्रपति पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आज पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुने कविहरूमा काठमाडौंका मेश पुन ( छोरी, सिमाना र देश शीर्षकको कविता), कृपा करुणा पोखरेल (रक्तिम कथा) सुनसरी, खिमानन्द जोशी (ईजा ! मुई गोठ नाइँ झान्या हुँ) दार्चुला, जीवन आरोही (प्रश्नहरुको विज्ञप्ती) उदयपुर, टङ्कबहादुर झाँक्री मगर (हुन्के बे बड्डा) रोल्पा, तीर्थराज विश्वकर्मा (कविले के सम्झियो ?) सुनसरी, नविन अभिलाषी (भेरी : अभिशप्त बगिरहेछ) दाङ,पूर्णानन्द ओझा (सन्निको मान्स) डोटी, प्रकाश दिप्साली राई (नौरानको नाम) सुनसरी र राधिका कल्पित ( परिचय पत्र )काठमाडौं रहेका छन् ।

उक्त कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले साहित्यको विकासमा सरकारले सदैव सहयोग गर्ने धारणा राखे ।

स्रस्टाहरूले नेपाली समाजको सुक्ष्म अवलोकन, अध्ययन र अनुसन्धान गरेर मौलिक रचना सृजना गर्नुपर्नेमा जोड दिदै आफ्नो मौलिक रचना विश्व साहित्य माझ प्रस्तुत गर्नुपर्नेमा जोड दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?