मेरो माइक्रोफाइनान्सका अध्यक्ष खत्रीले लिए सपथ

लोकपथ
0
Shares

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडका नव नियुक्त अध्यक्ष सुमित बाबु खत्रीले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।

शुक्रबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट समक्ष अध्यक्ष खत्रीले पद तथा गोपनियताको शपथ लिएका हुन् ।

यसअघि अध्यक्षको जिम्मेवारी निर्वाह गरिरहेका प्राइम कमर्सियल बैंक लिमिटेडका प्रतिनिधि बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भए सङ्गै बैंक तथा वित्तीय संस्थाको संचालकमा बस्न नपाउने ब्यवस्था अनुरुप सो पद खाली थियो ।

संस्थाको २०८० भाद्र २१ गते बसेको संचालक समितिको १४५ औं बैठकले संचालक खत्रीलाई अध्यक्ष चयन गरेको थियो । त्यस्तै प्राइम कमर्सियल बैंक लिमिटेडबाट प्रतिनिधित्व हुने गरी नेपाल भुषण श्रेष्ठलाई संचालक समितिको सदस्यमा मनोनयन गरेको छ ।

संस्थाले ६४ जिल्लामा १४९ शाखा कार्यालयहरुबाट १ लाख ६१ हजार भन्दा बढी ग्राहक सदस्यलाई लघुवित्त सेवा पुर्‍याउदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?