जापान कराते डो गोजु रियो केबुकाई संघको केन्द्रिय कार्य समिती गठन

लोकपथ
1.2k
Shares

काठमाडौं । जापान कराते डो गोजु रियो केबुकाई संघ नेपालको केन्द्रिय कार्य समिती गठन गरिएको छ । दिपक कुमार राउत क्षेत्रीको अध्यक्षतामा केन्द्रिय कार्य समिती गठन गरिएको हो ।

कार्य समितीमा अध्यक्ष दिपक कुमार राउत क्षेत्री, उपाध्यक्ष राम विष्ट, हेमेश पन्त र संचिता अधिकारी, महासचिवमा रविन कुमार पोखरेल त्यस्तै सचिवमा रोशन तण्डुकार, कोषाध्यक्षमा हरिहर मैनाली चयन भएका छन् ।

यसैगरी, सदस्यमा विवश घिमिरे,कुमार चौलागाई, बिन्दु खत्री घिमिरे,सुरज तामाङ्ग रहेका छन् ।

त्यस्तै, प्रमुख प्रशिक्षकमा विवश घिमिरे, सहायक प्रशिक्षकमा रामविष्ट र सल्लाहाकार गंगा थारू, ईश्वारी लामा (ईश्वर), पवन पौडेल, टासी लामा र केशर बहादुर विष्ट रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?