एनएमबि बैंकले पायो ऋणपत्र निष्काशन गर्ने अनुमती

काठमाडौं । एनएमबि बैंकले नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निश्कासनको अनुमति पाएको छ । 

धितोपत्र बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निश्कासनको अनुमति प्रदान गरेको हो । बैंकले प्रति यूनिट एक हजार दरका ३० लाख कित्ता ऋणपत्र बिक्री गर्नेछ। दश वर्षे एनएमबि बैंकले ऋणपत्र २०८५ मा वार्षिक दश प्रतिशत ब्याज उपलब्ध गराउने बैंकले जनाएको छ।

बैंकले कुल कित्तामध्ये ४० प्रतिशतले हुन आउने १२ लाख कित्ता अर्थात बैंकले एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र सर्वसाधारणका लागि जारी गर्नेछ।

बाँकी रहेको १८ लाख कित्ता अर्थात एक अर्ब ८० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट ‘प्राइभेट प्लेसमेन्ट’ बिक्री हुने बैंकले जनाएको छ । 
एनएमबी बैंकले यसअघि ५० करोडको ऋणपत्र निश्कासन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?