सेप्टेम्बर ११ : अमेरिकाका लागि कालो दिन

लोकपथ
56
Shares

आज सेप्टेम्बर ११ । अमेरिका संसारको सबैभन्दा शक्तिशाली देश । २००१ मा अमेरिका यो दिन अलकायदाद्वारा आतंकित भएको थियो । आक्रमणकारीको एउटा समूहले अमेरिकी यात्रुवाहक विमानलाई आफ्नो नियन्त्रणमा लिएर चार ओटा आत्मघाती बम हमला गराएको थियो । हमलाले विश्वलाई नै स्तब्ध पारेको थियो । विमान हमलामा १०२ मिनेटमा २ हजार ७ सय ६३ जनाले ज्यान गुमाएका थिए । उक्त आतंकवादी हमला भएको २२ वर्ष भएको छ ।

कसरी भएको थियो आतंकवादी हमला ?

२००१ सेप्टेम्बर ११ मा अल कायदाले ४ वटा विमान कब्जा गरेका थिए । जसमध्ये ३ विमान उनीहरुले प्लानअनुसार टार्गेटमा ठोक्काएका थिए । तर, एउटा विमान भने खाली ठाउँमा दुर्घटना भएको थियो । उक्त विमानमा सवार अमेरिकी नागरिकहरुले आतंकवादीसँग लडेर विमानलाई खाली ठाउँमा खसालेका थिए ।

उडिरहेका विमानमा आतंकवादीसँग लडेका थिए अमेरिकी नागरिक

युनाइटेड फ्लाइट ९३ ले न्यू जर्सी इन्टरनेसनल एयरपोर्टबाट उडेको ४० मिनेटपछि कब्जा गरेका थिए । विमानमा सवार मानिसहरुले आतंकवादीहरुले विमान कब्जा गरेको खबर पाए । यात्रुहरु एक चलिरहेको विमानमा आतंकवादीहरुसँग लड्न थाले र ८०४ किलोमिटर प्रतिघण्टाको रफतारमा उडिरहेको विमान बिहान १० बजेर १० मिनेटा खालि ठाँउमा गएर दुर्घटनाग्रस्त भएका थियो ।

उक्त विमानमा सभार ४४ जनाको मृत्यु भएको थियो । तर उनीहरुले अमेरिकामा हुन लागेको अर्को दुर्घटनालाई बचाएका थिए ।

११ सेप्टेम्बर २००१ अलकायदाका १९ आतंककारीहरुले ४ वटा विमान हाइज्याक गरेर अमेरिकामा आत्मघाती हमला गरेका थिए ।

समय बिहान ८:४५ बजे

मंगलबार । अमेरिकी एयरलाइन्सको बोइङ जसमा ७५७८० लिटर इन्धन थियो उक्त विमान न्यूयोकको वल्ड ट्रेड सेन्टरको उत्तरी टावरमा ठोकिएको थियो । ११० तलाको उक्त टावरमा विमान ठोक्किएपछि इन्धनका का।रण आगोले उग्र रुप लिएको थियो ।

१८ मिनेटपछि

अमेरिकी विमान बोइङ ७६७को फ्लाइट १७५ अचानक आकाशबाट गाएब भयो । विमानस्थलमा खैलाबैला मच्चियो । विमान हराएको केही समयपछि वल्ड ट्रेड सेन्टरको दक्षिण टावरको ६०औं तलामा गएर ठोकिएको थियो । त्यसपछि मात्रै यो आतंकवादि हमला हो भन्ने पुष्टि भएको थियो ।

अमेरिका पर आतंकी हमले की 20वीं बरसी

९:४५ बजे

अमेरिकी एयरलाइन्सको विमान ७७ अमेरिकी सेनाको हेड क्वाटर पेन्टागनको पश्चिमी भागमा ठोकिएको थियो । उक्त घटनामा १२५ सैन्यकर्मी र विमानमा सवार ६४ जनाको मृत्यु भएको थियो ।

राष्ट्रपति जर्ज डब्ल्यू बुसको नेतृत्वमा अमेरिका २००१ मा आतंककारीविरुद्ध लडाइँ सुरू गरिएको थियो । राष्ट्रपति बाराक ओबामाको कार्यकालमा अमेरिकाले अल कायदाका प्रमुख ओसामा बिन लादेनलाई अन्त्य गरेर आफैंमा यस हमलाको बदला लिएको थियो, तर आतंकवादको विरुद्ध दुई दशक लामो लडाइँमा अफगानिस्तान भने फेरि उही बिन्दुमा आएको छ, जहाँबाट सुरु गरेको थियो ।

हमलाको तीन सातापछि अमेरिकाले अफगानिस्तानमा आक्रमण सुरु गरेको थियो । बिन लादेनलाई पत्ता लगाउन र अल–कायदाको सञ्जाल ध्वस्त पार्न भन्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यु बुस प्रशासननले अफगानिस्तानमा आक्रमण सुरु गरेका थियो । आक्रमणकारीलाई अफगानिस्तानले संरक्षण गरेको अमेरिकी आरोप थियो । अमेरिकी आक्रमणपछि तालिवान सत्ताच्युत भएको थियो ।

अमेरिकी नेतृत्वको सो हमलामा अन्तर्राष्ट्रिय गठबन्धन सेनाले सहयोग गरेको थियो । सन् २०११ मा पाकिस्तानमा अमेरिकी सेनाले उनलाई मारिदिएको थियो ।

अतिवादीविरुद्ध को दुई दशक लामो आक्रमणमा अमेरिका रित्तो हात लिएर गत ३१ अगस्टमा स्वदेश फर्किएको थियो । अमेरिकी सेना स्वदेश फर्किन नपाउदै तालिबानले अफगानिस्तान कब्जा गरेको थियो । अहिले तालिवानले अन्तरिम सरकार घोषणा गरिसकेको छ ।

२० वर्ष लामो लडाइँमा तालिवानसहित अलकायदा आइएस जस्ता अतिवादी समूहका केही नेतालाई निशाना बनाउन सफल भए पनि अमेरिकाले खासै उपलब्धी पाउन सकेन । युद्वमा २४ सय अमेरिकी सेनाको मृत्यु भएको छ । त्यस्तै युद्धमा ६९ हजार अफगानीको मृत्यु भइसकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?