काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष र महासचिव बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरिएको छ । एन्फाको इतर पक्षका बहुमत सदस्यले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित निवेदन दर्ता गराएका हुन् ।
एन्फाका ४९ जना सदस्यले हस्ताक्षर गरेर एन्फा नेतृत्वविरुद्ध निवेदन दर्ता भएको हो । एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार सहितका नेताहरु एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया