बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरेपछि एन्फाको विशेष साधारण सभा स्थगित

लोकपथ
154
Shares

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विशेष साधारण स्थगित गरेको छ । एन्फा प्रवक्ता सुरेश शाहले एन्फा सदस्य संस्थाहरुको विशेष सल्लाह अनुसार अध्यक्षबाट सभा स्थगित गरिएको जानकारी दिँदै एक विज्ञप्ति जारी गरेका छन् ।

अध्यक्ष पंकजबिक्रम नेम्वाङ सहित महासचिव किरण राईलाई बर्खास्तीको माग सहित ४९ एन्फा सदस्यले निवेदन दर्ता गरेपछि विशेष साधारण सभा स्थगित गरिएको हो ।

May be an image of text that says 'ANFA "स्वास्थ्यको लागि खेलकूद, राष्ट्रको लागि खेलकूद" अखिल नेपाल फुटबल संघ (फिफा/ए.एफ.सि. (फिफा/ ररा.खे.प. बाट मान्यता प्राप्त) पंकज बिक्रम नेम्वाड अध्यक्ष किरण राई महा-सचिव बिज्ञप्ती मिति: २०5०५1२५ अखिल नेपाल फुटबल संघको पूर्व कार्यक्रम अनुसार आज मिति २०६० भाद्र २५ गते सोमवारका दिन १૧:०૦ बजे एन्फा बिशेष साधारण सभा बैठक अनलाईन मार्फत बस्ने कार्यक्रम रहेकोमा एन्फा सदस्य संस्थाहरुको बिशेष सल्लाह सुभाव बमोजिम एन्फा अध्यक्षबाट उक्त विशेष साधारण सभा स्थगित गरीएको जानकारी गराउंददु धन्यबाद। सुरेश शाह (प्रवक्ता) एन्फा एन्फा सातदोबाटो, ललितपुर, पोष्ट बक्स १२३7२, काठमाडी, नेपाल -2૦૧૦६૨, ४-२०२३१४ फृयाक्स -४२०૧०४૮, nep@the nep@the-afc.com www. the-anfa.com'

आजै एन्फाका अध्यक्ष र महासचिव बर्खास्तीको माग गर्दै निवेदन दर्ता गरिएको छ । एन्फाको इतर पक्षका बहुमत सदस्यले एन्फा अध्यक्ष पंकजबिक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्तीको माग सहित निवेदन दर्ता गराएका हुन् ।

एन्फाका ४९ जना सदस्यले हस्ताक्षर गरेर एन्फा नेतृत्वविरुद्ध निवेदन दर्ता भएको हो । एन्फाका निवर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा, महासचिव इन्द्रमान तुलाधार सहितका नेताहरु एन्फा कम्प्लेक्स पुगेर अध्यक्ष र महासचिवविरुद्ध बर्खास्तीको प्रस्ताव दर्ता गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?