काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले नारीहरुको महान चाड हरितालिका तीजलाई लक्षित गरि तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगितकार घनश्याम रिजालको शब्द र सुमधुर स्वरकी धनी गायिका समिक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारीक युटुव च्यानल र टिकटकबाट उक्त गित हेर्न र सुन्न सकिनेछ ।
साथै, हरितालिका तीजलाई अझ विशेष बनाउन हेतु यस विकास बैंकले तीज विशेष टिकटक प्रतियोगिता “गरिमा तीज” पनि सार्वजनिक गरेको छ । यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाईक आउने उत्कृष्ट १० भिडियोहरुमध्ये प्रथमलाई रु ३०,००० द्धितियलाई रु २०,००० तृतियलाई रु १०,००० र बाँकि ७ वटा भिडियोलाई जनही रु ५,००० सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ । यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगिहरुले भिडियो बनाउँदा बैंकले तोकेको सम्पूर्ण नियम तथा शर्तहरुको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया