काठमाडौं। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा २ लाख २ हजार ९ सय ६५ करदाता भ्याटमा दर्ता भएको छ।
अर्थ मन्त्रालयका अनुसार मूल्य अभिवृद्धि करमा दर्ता हुने करदाताको संख्या २ लाख नाघेको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ११ हजार ६ सय १५ जना करदाता अन्तशुल्कमा र २० हजार ७४ जना करदाता भ्याटमा दर्ता भएको मन्त्रालयले जनाएको छ।
त्यस्तै उक्त महिनामा ८५ हजार ४१ जना करदाताले व्यवसायिक स्थायी लेखा नम्बर र ४६ हजार ८ सय ३७ करदाताले व्यक्तिगत लेखा नम्बर लिएको मन्त्रालको तथ्यांकमा उल्लेख छ ।
हालसम्म व्यवसायिक स्थायी लेखा नम्बर करदाताको संख्या ११ लाख ४ हजार ४ सय ९८ र व्यक्तिगत लेखा नम्बर लिने करदाताको संख्या ८ लाख १२ हजार पुगेको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया