काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले बिपन्न बर्गतर्फको कर्जा प्रवाह घटाएका छन् । बैंकिङ क्षेत्रको कर्जा प्रवाह सम्वन्धी पछिल्लो दुई आर्थिक बर्षको तुलनात्मक अध्ययन गर्दा बिपन्न बर्गमा जाने कर्जा घटेको देखिएको हो ।
राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९-०८० मा सञ्चालनमा रहेका २० वटा बाँणिज्य बैंक, १७ वटा बिकास बैंक र १७ वटा फाईनान्स कम्पनी समेत गरी कुल ५४ वटा बैंक तथा फाईनान्स कम्पनीहरुले बिपन्न बर्गतर्फ तीन खर्ब आठ अर्ब ३५ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो बैंकिङ क्षेत्रको कुल कर्जा रकम ४८ खर्ब ७३ अर्ब ८० करोड रुपैंयाँको छ दशमलव ७५ प्रतिशत हो ।
आव २०७८-०७९ मा भने बैंक तथा फाईनान्स कम्पनीहरुले आफ्नो कुल कर्जा लगानीको सात दशमलव २७ प्रतिशत अर्थात तीन खर्ब ३५ अर्ब ६२ करोड ३० लाख रुपैंयाँ कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए । यो कर्जा आव २०७९-०८० को तुलनामा २७ अर्ब २६ करोड ६७ लाख रुपैंयाँले बढी हो ।
आव २०७९-०८० मा बाँणिज्य बैंकहरुले मात्र बिपन्न बर्गमा आफ्नो कुल कर्जा लगानी ४३ खर्ब आठ अर्ब ९९ करोड रुपैयाँ मध्येबाट छ दशमलव ४९ प्रतिशतले हुन आउने दुई खर्ब ६२ अर्ब ३५ करोड ६० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आवको भन्दा १७ अर्ब २९ करोड रुपैंयाँले कम हो । अघिल्लो आवमा बाँणिज्य बैंकहरुले आफ्नो कुल कर्जा रकम ४१ खर्ब ७७ अर्ब ८१ करोड रुपैंयाँ मध्येबाट छ दशमलव ८३ प्रतिशतले हुन आउने दुई खर्ब ७९ अर्ब ६४ करोड ६० लाख रुपैंयाँ कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए । बिकास बैंकहरुले भने पछिल्लो अवधिमा आफ्नो कुल कर्जा रकम चार खर्ब ७१ अर्ब ८८ करोड ६० लाख रुपैंयाँ मध्येबाट आठ दशमलव ७८ प्रतिशतले हुन आउने ४० अर्ब १५ करोड ३० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवमा बिकास बैंकहरुले आफ्नो कुल कर्जा रकम चार खर्ब ४४ अर्ब ९३ करोड ४० लाख रुपैंयाँ मध्येबाट ११ दशमलव २५ प्रतिशतले हुन आउने ४९ अर्ब १६ करोड ७० लाख रुपैंयाँ कर्जा बिपन्न बर्ग क्षेत्रमा प्रवाह गरेका थिए ।
फाईनान्स कम्पनीहरुले भने आव २०७९-०८० मा बिपन्न बर्गमा आफ्नो कुल कर्जा रकम ९२ अर्ब ९३ करोड १० लाख रुपैंयाँ मध्येबाट आठ दशमलव ७८ प्रतिशतले हुन आउने पाँच अर्ब ८३ करोड ८० लाख रुपैंयाँ कर्जा बिपन्न बर्गमा प्रवाह गरेका छ । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुले आप्mनो कुल कर्जा रकम ८६ अर्ब ३६ करोड रुपैंयाँ मध्येबाट आठ दशमलव १६ प्रतिशतले हुन आउने छ अर्ब ८१ करोड १० लाख रुपैयाँ बराबरको कर्जा बिपन्न बर्गमा प्रवाह गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया