हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने मधेशका मुख्यमन्त्री यादवको चेतावनी

लोकपथ
112
Shares

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले हिन्दू र मुस्लिमबीच दंगा फैलाउनेलाई गोली हान्ने चेतावनी दिएका छन् । मुख्यमन्त्री यादव मंगलवार बाराको बारागढी गाउँपालिका १ स्थित नुरी जामा मस्जिदको उद्घाटन गर्दै यस्तो अभिव्यक्ति दिएका हुन् ।

मुख्यमन्त्री बनेको एक महिनापछि केहि हिन्दुवादीहरु भेट्न आएको र उनीहरु हिन्दूमाथि अत्याचार हुने गरेको गुनासो गरेको प्रसँग केलाउँदै मुख्यमन्त्री यादवले भने, ‘गलत गर्नेतर्फ लागिए लाठीले मात्र होइन्, गोलीले ठोक्न सुरु भइहाल्छ । यो प्रदेशमा कुनै किसिमको दंगा हुनु हुँदैन् ।’

उनले बिहारमा जस्तै मधेशमा उर्दु पढाई हुने सरकारी विद्यालय स्थापना गर्ने उद्घोष गरे । ‘बिहारमा उर्दु विद्यालय हेरेको छु । नेपालमा छैन । तर मधेशबाट सुरुवात गर्छौं’, उनले भने ।

मन्दिर, मस्जिद, कक्रस्थानसहितका कामका लागि यसवर्ष १० करोड बजेट छुट्याएको पनि मुख्यमन्त्री यादवले बताए । उनले यो धर्म निरपेक्ष देश भएकाले आफू सद्भाव कायम राखेर काम गर्न चाहेको बताए ।

हिन्दू मुस्लिमलाई लडाएर संघीयता खारेज षड्यन्त्र भइरहेको भन्दै उनले सचेत हुन आग्रह समेत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?