अटो क्षेत्रमा मात्र बैंकहरुको एक खर्ब ५९ अर्ब रुपैयाँ कर्जा लगानी

लोकपथ
0
Shares

काठमाडौं । बैंक तथा फाईनान्स कम्पनीहरुले हायर पर्चेज लोन अर्थात सवारी साधन खरिद शिर्षकमा मात्र एक खर्ब ५९ अर्ब २१ करोड १६ लाख रुपैंयाँ कर्जा लगानी गरेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक बर्ष २०७९/०८० बाँणिज्य बैंक, बिकास बैंक र फाईनान्स कम्पनीहरुले सवारी साधन खरिदको लागि उक्त परिमाणमा कर्जा दिएका हुन । अघिल्लो आवमा भने बैंक तथा फाईनान्स कम्पनीहरुले हायर पर्चेज शिर्षकमा एक खर्ब ५७ अर्ब १६ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका थिए ।

राष्ट्र बैंकका अनुसार आव २०७९/०८० मा बाँणिज्य बैंकहरुले मात्र हायर पर्चेज क्षेत्रमा एक खर्ब ३८ अर्ब २६ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । आव २०७८/०७९ मा बाँणिज्य बैंकहरुको यस्तो कर्जा रकम एक खर्ब ३१ अर्ब ३४ करोड रुपैंयाँ रहेको थियो । बिकास बैंकहरुले भने हायर पर्चेज क्षेत्रमा आव २०७९/०८० मा १७ अर्ब ३५ करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवमा बिकास बैंकहरुको यस्तो कर्जा रकम २१ अर्ब ८१ करोड ४० लाख रुपैंयाँ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार फाईनान्स कम्पनीहरुले भने हायर पर्चेज शिर्षकमा आव २०७९/०८० मा तीन अर्ब ६० करोड २० लाख रुपैंयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो आवमा फाईनान्स कम्पनीहरुको यस्तो कर्जा रकम चार अर्ब ७० लाख रुपैंयाँ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?