काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ भने,युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा रहेको छ भने,कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया