सिटिजन्स बैंकद्वारा आर्थिक वर्ष २०७९/८० को लागी पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव

लोकपथ
77
Shares

काठमाडौं । सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७९/८० को लागी पाँच दशमलव ७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकको आईतबार बसेको संचालक समितिको चार सय २८ औं बैठकको निर्णय बमोजिम शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९–८० को मुनाफाबाट पाँच दशमलव ७९ प्रतिशत लाभांश स्वीकृत गरेको हो् ।

सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७९/८० को वितरण योग्य मुनाफाबाट २०८० आषाढ मसान्तको चुक्ता पुँजी १४ अर्ब २० करोड नौं लाख ७४ हजार छ रुपैंयाँको पाँच दशमलव ७९ प्रतिशतले हुने ८२ करोड २१ लाख ६१ हजार छ सय ५२ रुपैंयाँ ९६ रुपैंयाँ बराबरको नगद लाभाँश वितरण गर्ने प्रस्ताव गरेको बैंकले जानकारी दिएको छ ।

उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई प्रस्तावित लाभांश वितरण गरिने बैंकको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?