भारत भर्सेस श्रीलंका : वर्षाका कारण खेल प्रभावित

लोकपथ
70
Shares

काठमाडौं । एसिया कप-२०२३ को फाइनल खेल वर्षाका कारण प्रभावित बनेको छ । श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादसा रंगशालामा टस जितेर श्रीलंकाले ब्याटिङको निर्णय गरेको भएपनि वर्षाका कारण खेल सुरु हुन भने सकेको छैन ।

कस्तो छ आज कोलम्बोको मौसम ?

एकुरेटवेदरका अनुसार आइतबार कोलम्बोमा बादल लाग्ने छ। बिहान केही स्थानमा पानी परेको छ भने दिउँसो पनि पानी पर्ने सम्भावना रहेको छ । रिपोर्टका अनुसार कोलम्बोमा आज ९० प्रतिशत पानी पर्ने र चट्याङको ५४ प्रतिशत सम्भावना रहेको छ । स्थानीय समय अनुसार बिहान १० बजे, दिउँसो १ बजे, साँझ ६ बजे, बेलुका ८ बजे र बेलुका १० बजे मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको छ । खेल दिउँसो ३ बजे सुरु हुने र वर्षाका कारण सुरु हुन ढिलाइ हुन सक्छ ।

LIVE - Colombo Weather, Sept 15, Asia Cup 2023: Rain Threat LOOMS!

आइतबार कोलम्बो मौसम : 

दिउँसो २ बजे : तापमान- २८ डिग्री सेल्सियस, वर्षाको सम्भावना -४९ प्रतिशत

३ बजे:  तापक्रम-२५ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४५ प्रतिशत

४ बजे: तापमान-२९ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

५ बजे: तापमान-२९ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

६ बजे:तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-६१ प्रतिशत

७ बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

८ बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-५७ प्रतिशत

९ बजे: तापमान-२८ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

१० बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-६५ प्रतिशत

११ बजे: तापमान-२७ डिग्री सेल्सियस, वर्षाको सम्भावना-४९ प्रतिशत

खेलको नतिजाका लागि कम्तिमा २० ओभरको खेल आवश्यक

खेल पूरा गर्न दुवै टोलीले २०–२० ओभर खेल्नुपर्नेछ । तर, जसरी सुपर फोरमा भारत र पाकिस्तानबीचको खेलका लागि रिजर्भ डे राखिएको थियो, त्यसैगरी एसिया कपको फाइनलका लागि पनि रिजर्भ डे राखिएको छ । यदि आजको खेल पूरा हुन सकेन भने वर्षाका कारण आज समाप्त भएको ठाउँबाट सोमबार खेल सुरु हुनेछ ।

अम्पायरहरूले आज पूरा ओभर बलिङ गर्ने प्रयास गर्नेछन्। यदि वर्षाले खेल अवरुद्ध भयो भने कम्तिमा २० ओभर खेलाउनेछन् । यदि यो पनि सम्भव भएन भने खेल सोमबार रिजर्भ डेमा खेलिनेछ।

यदि रिजर्भ डेमा पनि पानि परे के हुन्छ ?

कोलम्बोको आर प्रेमदासा स्टेडियममा हुने खेल रिजर्भ डेमा पनि वर्षाका कारण खेल हुन नसकेमा दुवै टोली भारत र श्रीलंकालाई संयुक्त विजेता घोषणा गरिनेछ । श्रीलंकामा हुने बहुराष्ट्रिय प्रतियोगिताको फाइनलमा यस्तो नतिजा आउने यो पहिलो पटक भने होइन। २००२ च्याम्पियन्स ट्रफीको फाइनलमा भारत र श्रीलंकालाई संयुक्त विजेता घोषित गरिएको थियो किनभने फाइनल वर्षाले धोएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?