१३ अर्ब ५३ करोडको वस्तु निर्यात हुँदा एक खर्ब २९ अर्बको आयात

लोकपथ
49
Shares

काठमाडौं । मुलुकको आर्थिक अवस्था कमजोर देखिएको छ । नेपाल राष्ट्र बैंकले आईतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पहिलो महिनाको प्रतिवेदन अनुसार आयात निर्यातबिचको असन्तुलन उच्च हुंदा मुलुकको आर्थिक अवस्था कमजोर देखिएको हो ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा कुल वस्तु निर्यात आठ दशमलव सात प्रतिशतले घटेर १३ अर्ब ५३ करोड रुपैंयाँमा सिमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात २८ दशमलव सात प्रतिशतले घटेको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात २० दशमलव आठ प्रतिशतले कमी घटेपनि र चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः पाँच सय २७ दशमलव दुई प्रतिशत र १५ दशमलव चार प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

वस्तुगत आधारमा अलैंची, जिंक शिट, पार्टिकल बोर्ड, जुस, अदुवा लगायतका वस्तुको निर्यात बढेपनि पाम तेल, सोयाविन तेल, औषधी (आयुर्वेदिक), पश्मिना, सुन तथा चाँदीका सामग्री तथा गरगहना लगायतका वस्तुको निर्यात भने घटेको छ ।

प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा कुल वस्तु आयातमा एक दशमलव छ प्रतिशतले कमी आई एक खर्ब २९ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १२ दशमलव नौं प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत तथा चीनबाट भएको आयात क्रमशः तीन दशमलव तीन प्रतिशत र १७ प्रतिशतले बृद्धि भएको छ भने अन्य मुलुकबाट भएको आयात २३ दशमलव एक प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा धान तथा चामल, एम.एस. तार, छड, बार तथा क्वाइल, रासायनिक मल, हट रोल्ड शिट, विद्युत्तीय उपकरण लगायतका वस्तुको आयात बढेपनि पेट्रोलियम पदार्थ, कच्चा सोयाविन तेल, कच्चा पाम तेल, औषधी, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको प्रतिवेदनमा उल्लेख छ । निर्याततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आयाततर्पm भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । आर्थिक वर्ष २०८०÷८१ को पहिलो महिनामा कुल वस्तु व्यापार घाटा शुन्य दशमलव सात प्रतिशतले कमी आई एक खर्ब १५ अर्ब ७१ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १० दशमलव चार प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमकलव पाँच प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव तीन प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १७ अर्ब ३० करोड रुपैंयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १३ अर्ब ३७ करोड रुपैंयाँ बराबरको भएको उक्त प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?