१५ दिनपछि एकदिवसीय विश्वकप भारतमा सुरु हुँदैछ । अक्टोबर ५ बाट सुरु हुने प्रतियोगिताको १३ औं संस्करण नोभेम्बर १९ मा फाइनल खेल खेलेर समापन हुनेछ ।
यस पटकको विश्वकपमा १० टोलीको सहभागिता रहनेछ । आयोजक भारतसँगै साविक विजेता इंग्ल्याण्ड, न्यूजिल्याण्ड, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, दक्षिण अफ्रिका र नेदरल्याण्डले खेल्ने तालिका छ । जसमध्ये सात देशले प्रतियोगिताका लागि आफ्नो टोली घोषणा गरेका छन् ।
पाकिस्तानले अहिलेसम्म टोली घोषणा गरेको छैन । एसिया कपमा हारपछि पीसीबीमा हंगामा मच्चिएको छ । बाबर आजमको कप्तानीमा रहेको टोली सुपर–४ बाट नै बाहिरिएको थियो । युवा फास्ट बलर नसिम शाह घाइते भएकाले विश्वकप खेल्ने निश्चित छैन । उनी बाहेक हरिस रउफको चोटले टोलीको चिन्ता बढाएको छ । योसँगै अलराउन्डर शादाब खानको औसत प्रदर्शनले व्यवस्थापनलाई समस्यामा पारेको छ । अब पाकिस्तानी टिमको घोषणा कहिले हुन्छ त्यो हेर्न बाँकी छ ।
पाकिस्तान बाहेक अन्य दुई एसियाली टोलीले आफ्नो टोली घोषणा गरेका छैनन्। श्रीलंका र बंगलादेशले पनि आफ्ना टोली घोषणा गरेका छैनन् । श्रीलंकाली टोलीका पनि धेरै खेलाडीहरू घाइते छन् ।
कुन कुन देशले गरे टोली घोषणा ?
अफगानिस्तान
हशमतुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, अजमातुल्लाह उमरजाई, राशिद खान, मुजीब उर रहमान, नूर अहमद, फजलहक फारुकी, अब्दुल रहमान, नवीन उलहक।
अस्ट्रेलिया
प्याट कमिन्स (कप्तान), स्टिभ स्मिथ, एलेक्स केरी, जोस इंग्लिस, सिन एबोट, एस्टन अगर, क्यामरन ग्रीन, जोस हेजलवुड, ट्राभिस हेड, मिचेल मार्स, ग्लेन म्याक्सवेल, मार्कस स्टोइनिस, डेभिड वार्नर, एडम जाम्पा, मिचेल स्टार्क।
इंग्ल्याण्ड
जोस बटलर (कप्तान), मोइन अली, गुस एट्किन्सन, जोनी बेयरस्टो, ह्यारी ब्रुक, साम कुरान, लियाम लिभिङस्टोन, डेविड मलान, आदिल राशिद, जो रुट, बेन स्टोक्स, रिस टोपले, डेभिड विली, मार्क वुड, क्रिस वोक्स।
भारत
रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस अय्यर, केएल राहुल, रविन्द्र जडेजा, शार्दुल ठाकुर, जसप्रित बुमराह, मोहम्मद सिराज, कुलदीप यादव, मोहम्मद शामी, अक्षर पटेल, इशान किशन, सुर्यकुमार यादव ।
नेदरल्याण्ड्स
स्कट एडवर्ड्स (कप्तान), म्याक्स ओड, बास डी लीडे, विक्रम सिंह, तेजा निदामानुरु, पल भान मिकेरेन, कोलिन एकरम्यान, रोलोफ भान डेर मर्वे, लोगान भान बेक, आर्यन दत्त, रायन क्लाइन, वेस्ली बारेसी, साकिब जुल्फिकार, शरिज अहमद
न्युजिल्याण्ड
केन विलियम्सन (कप्तान), ट्रेन्ट बोल्ट, मार्क च्यापम्यान, डेभोन कोनवे, लोकी फर्ग्युसन, म्याट हेनरी, टम लाथम, डेरिल मिचेल, जेम्स निशम, ग्लेन फिलिप्स, रचिन रविन्द्र, मिचेल सान्टनर, ईश सोधी, टिम साउथी, विल यंग।
दक्षिण अफ्रिका
टेम्बा बावुमा (कप्तान), गेराल्ड कोएत्जी, क्विन्टन डी कक, रिजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, सिसान्डा मगला, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एनरिच नोर्टजे, कागिसो रबाडा, तबरेज शाम्सी, राबडे डुसेन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया