काठमाडौं । मुम्बईको फिल्म सिटीमा स्टार प्लस शो ‘इमली’ को सुटिङका क्रममा करेन्ट लागेर गोरखपुरका लाइटम्यान महेन्द्र यादवको मृत्यु भएको छ ।
महेन्द्र यादव सुटिङमा लाइटम्यानको काम गर्थे र उनको उमेर २३ वर्ष रहेको बताइएको छ । पोष्टमार्टमपछि उनको शव गोरखपुर पठाउने तयारी भइरहेको छ ।
मुम्बई फिल्म उद्योगमा काम गर्ने मजदुरको हितमा काम गर्ने संस्थाहरूले प्रोडक्सन हाउस र फिल्म सिटी प्रशासनलाई बारम्बार आफ्ना कामदारको सुरक्षाको जानकारी दिइरहेका छन् । तर यो विषयमा कहिल्यै गम्भीर भएर सोचेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया