‘वीरजंग स्मृति खुल्ला पुरूष राष्ट्रिय भलिबल प्रतियोगिता’ हुँदै

लोकपथ
21
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीनिकट नेपाल गणतान्त्रिक खेलकुद महासंघले वीरजंग स्मृति खुल्ला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता गर्ने भएको छ ।

महासंघले आज पत्रकार सम्मेलन गरी आगामी असोज १८ देखि २१ गतेसम्म काठमाडौंको नयाँ बसपार्कस्थित् ढोरपाटन स्पोर्टर्स ट्रेनिङ्ग सेन्टरमा प्रतियोगिता हुने जानकारी दिएको हो।

‘आजीवन क्रान्तिका लागि तत्पर रहनु हुने एक क्रान्तिकारी योद्धा वीरजंगको स्मृतिमा हामीले यो प्रतियोगिता आयोजना गर्न गइरहेका छौं,’ महासंघका महासचिव विनोद चन्दले भने ।

नयाँ प्रतिभाको खोजी एवं विकासमा जोड दिने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरिएको उनको भनाई छ ।
करिब २५ लाख खर्चमा हुन लागेको सो प्रतियोगिताको प्रथम पुरस्कार पाँच लाख, द्धितीय पुरस्कार दुई लाख ५० हजार, तृतीय पुरस्कार एक लाख र सान्त्वना पुरस्कार ५० हजार रहेको महासंघले जनाएको छ ।

साथै, उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट स्पाईकर, बलर, सेटर, सर्भर, डिफेन्डर र क्वीकरलाई जनही पाँच÷पाँच हजार पुरस्कारको व्यवस्था रहेको महासंघले जनाएको छ। उक्त प्रतियोगिताको जम्मा पुरस्कार राशी नौ लाख ५० हजार रुपैयाँ बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?